बागलुङमा गण्डकी प्रदेश खुल्ला पालिकास्तरीय पुरुष भलिबल हुने, उपाधि राशि १ लाख ५१ हजार
बाग्लुङ | मंसिर १९, २०८०
फाइल तस्बिर
बागलुङ: बागलुङमा गण्डकी प्रदेश खुल्ला पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
बागलुङ उद्योग वाणिज्य संघले आगागी पुस ११ देखि २१ गतेसम्म आयोजना गरेको बागलुङ महोत्सव–२०८० को अवसरमा गण्डकी प्रदेश खुल्ला पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता हुन लागेको हो ।
धवलागिरी बहुमुखी क्याम्पसको प्राङ्गणमा हुने बागलुङ महोत्सवमा गण्डकी प्रदेश खुल्ला पालिकास्तरीय पुरुष भलिबल प्रतियोगितामा प्रथम हुने पालिकाले १ लाख ५१ हजार १ सय ११, द्धितीय हुनेले १ लाख १ हजार १ सय ११ तृतीय हुनेले ५१ हजार १ सय ११ र सात्वना हुनेले २५ हजार १ सय ११ रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
विधागत पुरस्कारतर्फ बेष्ट सेटर, बेष्ट स्पाइकर, बेष्ट सर्भर, बेष्ट ब्लकर, बेष्ट डिफेन्डर (लिबेरो) र उत्कृष्ट खेलाडीले नगद ५/५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
गण्डकी प्रदेश खुल्ला पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता व्यवस्थापन उपसमितिका सदस्य किशोर थापाले महोत्सव पुस ११ देखि सञ्चालन भएपनि पुरुष भलिबल प्रतियोगिता १४ गतेदेखि मात्र सुरु हुने जानकारी दिए । भलिबल प्रतियोगितामा क्वाटरफाइनलमा प्रवेश गर्ने टिमलाई दैनिक ५ हजार भत्ता उपलब्ध गराउने थापाले बताए । भलिबलमा सहभागि हुने एक समूहलाई ५ हजार रुपैयाँ दर्ता शुल्क कायम गरिएको छ ।
‘पर्यटन, कृषि, कला संस्कृति, उद्योग र व्यापार, समुन्नत बागलुङ निर्माणको आधार’ गण्डकी प्रदेश स्तरीय पर्यटन कृषि तथा औद्योगिक व्यापार मेला एवं बागलुङ महोत्सव–२०८०को मुख्य आर्कषणमा गण्डकी प्रदेश खुल्ला पालिका स्तरीय पुरुष भलिबल आयोजना गरेको बागलुङ उद्योग वाणिज्य संघले जनाएको छ ।
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...
काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र अझैपनि ढुक्क भएर लगानी गर्नसक्ने अवस्थामा नरहेको प्रष्ट पार्नुभएको छ । बुधवार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गर...
अन्र्तराष्ट्रिय: नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई बिदाइ दियो । सन् २०२५ डोनाल्ड ट्रम्पको पुनः राष्ट्रपतित्व, गाजामा युद्धविराम र युक्रेनमा शान्तिका व्यर्थ प्रयासको वर्षको रूपमा चिनिन्थ्यो । यो ...

